Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै



काठमाडौँ, १८ मंसिर । सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने नेताहरुले बताएका छन् ।

शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्