Logo

शेयर बजार दुई अङ्कले बढ्यो



काठमाडौँ, १८ मंसिर । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आइतवार दुई दशमलव १६ अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव २२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, विकास बैंक, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य घटे पनि अरू समूहको शेयर बढेको छ ।

नेप्से सामान्य बढेको दिन दुई सय ४३ वटा कम्पनीको ३६ लाख ९४ हजार कित्ता शेयर एक अर्ब ५६ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको १९ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्