Logo

आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु



पाकिस्तान, १८ मंसिर । पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन् ।

शनिबार नाउसेरा जिल्लाको आकोरा क्षेत्रमा प्रहरीको भ्यानमा आतङ्ककारीहरुले आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा घाइते भएका तीन जना प्रहरीलाई तत्काल अस्पताल लगिएको तर उनीहरुलाई मृतक घोषणा गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्