Logo

बङ्गलादेशसँग भारत स्तब्ध



ढाका, १८ मंसिर । भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा बङ्गलादेश विजयी भएको छ ।

ढाकामा भएको रोमाञ्चक खेलमा बङ्गलादेशले भारतलाई एक विकेटले हराएको हो ।

भारतले दिएको एक सय ८७ रनको लक्ष्य बङ्गलादेशले ४६ ओभरमा नौ विकेट गुमाएर भेटायो । बङ्गलादेशका लागि लिटन दासले ४४, मेहदी हसनले नटआउट ३८ रन बनाए । बलिङतर्फ भारतका मोहमम्द सिराजले तीन तथा कुलदीप सेन र वाशिङ्टन सुन्दरले दुई-दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत ४१ ओभर २ बलमा एक सय ८६ रन बनाउँदा अलआउट भयो । भारतका लागि केएल राहुलले ७३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शाकिब अल हसनले पाँच र इबादत होसैनले चार विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्