Logo

भारतीय पक्षबाट दार्चुलाको सीमा पुल बन्द



दार्चुला, १९ मंसिर । दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल-भारत सीमा पुल एकपक्षीय रुपमा भारतले बन्द गरेको छ ।

सोमबार बिहानैदेखि पुल बन्द गरिएपनि नेपाली पक्षलाई भने जानकारी दिइएको छैन । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने भारतीय पक्षबाट पुल बन्द गरेको बारेमा आफूहरुलाई कुनै जानकारी नआएको बताए ।

नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको तर भारतीय पक्षबाट सीमा पुल बन्द गरेको जानकारी नआएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्