Logo

तोसिमाले दिइन् मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा



काठमाडौँ, १९ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् ।

आइतबार उनले काउन्सिलमै पुगेर राजिनामा बुझाएकी हुन् । उनको राजीनामा स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको काउन्सिलले जनाएको छ ।

उनी २०७८ मा नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

ललितपुर क्षेत्र नम्बर ३ बाट उमेदवारी दिएपछि उनले काउन्सिलको सदस्यबाट राजीनामा नदिइ लाभको पदमा रहेर उमेदवारी दिएको भन्दै यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्