Logo

सत्तारूढ गठबन्धनको बैठक जारी



काठमाडौँ, १९ मंसिर । सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ ।

चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै सत्तारूढ गठबन्धनको बैठक बसेको हो । बैठकमा चुनावी समीक्षासँगै नयाँ सरकार गठनको विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

चुनावी नतिजा सन्तोषजनक नभएको सत्ता गठबन्धनका नेताहरूले बताउँदै आएका छन् । केही ठाउँमा अन्तर्घात भएको आरोप-प्रत्यारोप पनि भइरहेको छ ।

यस्तै नयाँ सरकार गठनको विषयमा पनि सत्ता गठबन्धभित्र एकमत छैन । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरूले यही गठबन्धनलाई निरन्तरता दिने बताए पनि पहिले कसको नेतृत्वमा सरकार गठन गर्ने र प्रधानमन्त्री को हुने भन्ने विवाद छ ।

प्रतिक्रिया दिनुहोस्