Logo

शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे



झापा, १९ मंसिर । शेयर बजार सोमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने आइतवारको तुलनामा सुधार आएको छ । दुई सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार कित्ता शेयर एक अर्ब ६७ करोड चार लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रो ३० करोड ८३ लाख र शिवम् सिमेन्टको २० करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्