Logo

मालीमा ६६ जना आतङ्ककारी मारिए



माली, १९ मंसिर । मालीमा गएको नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतङ्ककारी मारिएका छन् ।

सशस्त्र बलले मालीमा नोभेम्बर महिनामा जारी राखेको आतङ्ककारी विरुद्धको कारबाहीमा उनीहरु मारिएका हुन् ।

सो कारबाहीका क्रममा मालीको सेनाले यहाँका आतङ्ककारीहरुले निर्माण गरेका कैयौँ आश्रयस्थल पनि ध्वस्त बनाइ दिएको छ । उनीहरुले प्रयोग गर्ने शक्तिशाली हतियारहरुका साथै उनीहरुका सवारीसाधन पनि मालीको सशस्त्र सैन्य बलले कब्जामा लिएको छ ।

सो बलले गएका केही महिनादेखि यहाँका आतङ्ककारीहरुका विरुद्धमा सशक्त कारबाही सुरु गरेको जनाएको छ । प्रतिआतङ्कवादी अभियान नाम दिइएको सो अभियानमा यहाँको सेनाले अरु कैयौँ आतङ्ककारीहरुलाई पक्राउ पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्