Logo

रुसद्वारा युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण



युक्रेन, २० मंसिर । रुसले युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण गरेको छ ।

आक्रमणबाट कम्तीमा चार जनाको ज्यान गएको छ भने ऊर्जा तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको युक्रेनले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसी आक्रमणबाट मोल्दोभामा बिजुलीको आपूर्तिमा समस्या भएको छ । रुसले आठ हप्तामा आठौँ पटक युक्रेनलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जनाएको छ । क्षेप्यास्त्र प्रहार र क्षतिबारे रुस-युक्रेनका आ-आफ्नै दाबी छन् ।

प्रतिक्रिया दिनुहोस्