Logo

शेयर बजार झन्डै पाँच अङ्कले घट्यो



काठमाडौँ, २० मंसिर । शेयर बजार लगातार दोस्रो दिन आज पनि घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, अन्य र जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ८३ वटा कम्पनीका २५ लाख ८१ हजार कित्ता शेयर ९६ करोड ५२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्