Logo

कोलाम्बियामा पहिरो: ३३ जनाको मृत्यु, नौ जनाको जीवितै उद्धार



कोलाम्बिया, २० मंसिर । कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ ।

यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा यात्रीबाहक बस, मोटरसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत तीन जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्राडाले बताएका छन् ।

पहिराले राजमार्गमा सवारीसाधन पुरेको सूचना पाउनेवित्तिकै देशको जोखिम व्यवस्थापन इकाइ र यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो । राजमार्गका केही भागमा पहिरो पन्छाउनुपर्ने भएकाले उद्धार तथा मृतकको खोजी जटिल भएको छ ।

प्रतिक्रिया दिनुहोस्