Logo

केन विलियम्सनले टेस्ट क्रिकेटको कप्तानी छाडे



न्युजिल्यान्ड, २९ मंसिर । न्युजिल्यान्डको टेस्ट क्रिकेट टोलीबाट केन विलियम्सनले कप्तानी छोडेका छन् ।

पाकिस्तान भ्रमण अघि विलियम्सनले टेस्ट कप्तानीबाट राजीनामा दिएका हुन् । तर उनी खेलाडीको रुपमा टोलीमा रहनेछन् । साथै टी-२० तथा एक दिवसीयमा कप्तान रहनेछन् ।

विलियम्सनको ठाउँमा तीव्र गतिका बलर टिम साउदीलाई कप्तानको जिम्मेवारी दिइएको न्युजिल्यान्ड क्रिकेट बोर्डले जनाएको छ ।

विलियम्सन न्युजिल्यान्डको क्रिकेट इतिहासमा उत्कृष्ट टेस्ट कप्तानका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्