Logo

चाडको मरुभूमिमा बालबालिकासहित २७ जना आप्रवासीको शव फेला



काठमाडौँ, २९ मंसिर । चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएको छ ।

चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो ।

ती आप्रवासीहरू पश्चिम-मध्य चाडको मौसोरो सहरबाट ट्रकमा निस्केका र बाटोमै ट्रक बिग्रिएर भोकप्यासले ज्यान गएको हुन सक्ने आप्रवासन सङ्गगठनको अनुमान छ ।

सङ्गठनको चाडका प्रमुख एनी क्याथ्रिन शेफरले यस्ता अकल्पनीय घटना रोक्न सुदृढ व्यवस्थापन तथा सामूहिक काम गर्न आवश्यक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्