Logo

ताइवानमा शक्तिशाली भूकम्प



ताइवान, २९ मंसिर । ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का परकम्पन गएको त्यहाँको मौसम विभागले जनाएको छ।

बिहीबार मध्याह्नमा हुलियान काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा ६ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५.९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाएको छ ।

क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्