Logo

शेयर बजार साढे १४ अङ्कले घट्यो



काठमाडौँ, २९ मंसिर । लगातार तेस्रो दिन आज पनि शेयर बजार घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर एक हजार आठ सय ८२ दशमलव ६० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ५४ वटा कम्पनीको ४८ लाख चार हजार कित्ता शेयर एक अर्ब १९ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनसीसी बैंकको प्रमोटर शेयर २२ करोड ८९ लाख रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्