Logo

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा



काठमाडौँ, २९ मंसिर । राष्ट्रिय पुरुष क्रिकेट टिमको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।

प्रभाकरले बिहीवारदेखि लागू हुने गरि राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका मुख्य प्रशिक्षकले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ ।

प्रभाकरको प्रशिक्षणमा नेपालले भर्खरै नामिबियमा सम्पन्न आईसीसी विश्व कप क्रिकेट लिग-२ का चार खेलमध्ये तीन खेल हारेको थियो । नेपालले नामिबियासँग एक र स्कटल्यान्डसँग दुई खेल हारेको थियो भने नामिबियासँगको अर्को खेल वर्षाका कारण खेल रद्द भएको थियो । यो हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्