Logo

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको ‘अर्डर अफ द राइजिङ सन’ पदक



काठमाडौँ, २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान गरेको छ ।

वरिष्ठ नेता पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले बिहीवार उनकै निवासमा ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान गरेका हुन् । सन् २०२० अप्रिल २९ गते घोषणा भएको यो सम्मान कोभिडलगायतका कारण आज प्रदान गरिएको हो ।

जापानी सम्राट मेइजिले सुरु गर्नुभएको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ आज वरिष्ठ नेता पौडेललाई प्रदान गरिएको हो । विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक बिल गेट्स थिए ।

वरिष्ठ नेता पौडेललाई विशेषत: पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल-जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि कदर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्