Logo

रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त



काठमाडौँ, १ पुस । विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भएका छन् । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोसलाई बिहीबार बर्खास्त गरेको हो ।

प्रशिक्षक सान्तोसले दुई खेलमा कप्तान रोनाल्डोलाई बेच्नमा राखेपछि विवादमा तानिएका थिए । रोनाल्डो बेन्चमा बसेको खेलमा पराजित हुँदै पोर्चुगल क्वाटरफाइनलबाट घर फर्किन बाध्य भएको थियो ।

पहिलो हाफ रोनाल्डो बेन्चमा रहेको क्वाटरफाइनल खेलमा मोरक्कोसँग पराजित हुँदै पोर्चुगल कतार विश्वकपबाट घर फर्किएको हो। रोनाल्डोलाई बेन्चमा राखेको स्वीट्जरल्यान्डविरूद्धको खेलमा पोर्चुगल विजयी भए पनि मोरक्कोसँग पराजित भएको थियो ।

६८ वर्षियले सान्तोस आठ वर्षदेखि पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीमा थिए । रोनाल्डोलाई बेन्चमा राख्ने उनको निर्णयप्रति विश्वभरका फ्यानले आक्रोश व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्