Logo

यी हुन् विश्वकप फाइनल खेलाउने रेफ्री



कतार, १ पुस । कतार विश्वकप फाइनल खेल पोल्यान्डका रेफ्री सायमन मार्चिनियाकले खेलाउने भएका छन् ।

लुसेल मैदानमा आइतबार राति पौने ९ बजे हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पहिलो पोलिस रेफ्री भएका छन् ।

मार्चिनियाकले सन् २०१८ को युइएफए सुपर कपको फाइनल खेलाएका थिए । मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन् । उनले ग्रुप स्टेजमा फान्स र डेनमार्कको खेल खेलाएका थिए ।

त्यस्तै राउण्ड अफ १६ मा अर्जेन्टिना र अष्ट्रेलियाको खेलमा रेफ्री थिए ।

कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन् । तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।

अब्दुलरहमानलाई तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीमा रहयोग गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्