Logo

उमेर खुलाएर विवरण पठाउन आयोगलाई संसद सचिवालयको पत्र



काठमाडौँ, १ पुस । संसद् सचिवालयले नवनिर्वाचित सांसदहरुको उमेर खुलाएर विवरण पठाउन निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।

आयोगले बिहीबार उपलब्ध गराएको विवरणमा जन्म मिति र उमेर नखुलेपछि संसद सचिवालयले आयोगलाई शुक्रबार पत्र पठाएको हो ।

आयोगले पठाएको विवरणअनुसार जेष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ गराउनुपर्ने भएकाले उमेरसहितको विवरण मागिएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

आयोगले विवरण उपलब्ध गराएपछि सचिवालयले राष्ट्रपति कार्यालयलाई ज्येष्ठ सदस्यको नाम सिफारिस गर्ने र त्यसपछि राष्ट्रपतिले शपथ गराउने व्यवस्था रहेको धमलाले बताए ।

जेष्ठ सदस्यको सपथपछि अरू सांसदहरुले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । प्रतिनिधिसभामा सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले नै सभामुखको भूमिका निर्वाह गर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्