Logo

विश्वकप फुटबल: फाइनल खेलअघि फ्रान्सका मुख्य दुई खेलाडी अस्वस्थ



कतार, २ पुस । कतारमा चलिरहेको फिफा विश्वकपको उपाधिका लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् । तर फाइनल खेलअघि फ्रान्सका दुई मुख्य खेलाडी अस्वस्थ भएका छन् ।

डिफेन्डर राफेल भराने र इब्राहिमा कोनाटे अस्वस्थ भएका हुन् ।

उनीहरुले फाइनल खेल्ने या नखेल्ने निर्णय भैसकेको छैन । फाइनल खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार भोलि राति पौने ९ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्