Logo

बङ्गलादेशसँगकाे पहिलाे टेस्ट क्रिकेट भारतले जित्याे



बङ्गलादेश, ३ पुस । बङ्गलादेशसँगको पहिलो टेस्ट क्रिकेट भारतले जितेको छ ।

चट्गाउँमा भएको खेलमा भारतले बङ्गलादेशलाई एक सय ८८ रनले हराएको हो ।

५ सय १३ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश आज पाँचौ दिनको पहिलो सेसनमै ३ सय २४ रन बनाउँदा अलआउट भयो । उसका लागि जाकिर हसनले एक सय र शाकिब अल हसनले ८४ रन बनाए । बलिङतर्फ भारतका अक्षर पटेलले चार र कुलदीप यादवले तीन विकेट लिए । भारत र बंगलादेशबीच २ खेलको टेष्ट शृङख्ला भइरहेको छ ।

यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो इनिङ्समा चार सय चार रन बनायो । भारतका लागि चेतेश्वर पुजाराले ९०, श्रेयस अय्यरले ८६ र रविचन्द्रन अश्विनले ५८ रन बनाए । बलिङतर्फ बङ्गलादेशका तैजुल इस्लाम र मेहदी हसन मिराजले चार-चार विकेट लिएका थिए ।

बङ्गलादेशले पहिलो इनिङ्समा एक सय ५० रनमात्रै बनाउन सक्यो । बङ्गलादेशका लागि मुश्फिकर रहीमले २८ र मेहदी हसनले २५ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले पाँच र मोहम्मद सिराजले तीन विकेट लिएका थिए ।

दोस्रो इनिङ्समा शुभमन गिलको एक सय १० र चेतेश्वर पुजाराको एक सय दुई रनको मदतमा दुई सय ५८ रन बनेको अवस्थामा भारतले इनिङ्स सकिएको घोषणा गरेको थियो । बलिङतर्फ बङ्गलादेशका खालेद अहमद र मेहदी हसनले एक-एक विकेट लिए । भारतले पाँच सय १२ रनको अग्रताका साथ इनिङ्स सकिएको घोषणा गरेपछि बङ्गलादेशले पाँच सय १३ रनको लक्ष्य पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्