Logo

‘सरकारमा म जान्नँ, बन्द कोठाभित्र हुने सहमति मान्य छैन’



काठमाडौँ, ६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भावी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्द कोठाभित्र हुने सहमति नमान्ने बताएका छन् ।

उनले अब बन्ने सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पारेका छन् । संसदीय दलको नेता छान्न आज भएको चुनावको परिणामपछि अब सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको समेत थापाले बताए ।

संसदीय दलको नेताका प्रतिस्पर्धी रहेका थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई समेत दिएका छन् ।

उनले भने, ‘संसदीय दलको नेतामा पटक-पटक चयन हुनुभएका सभापति यसपटक पनि निर्वाचित हुनुभएको छ । उहाँलाई शुभकामना छ । उहाँको जिम्मेवारी अब उन्नत र गौरवमय बनोस् ।’

प्रतिक्रिया दिनुहोस्