Logo

माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड अस्पतालमा



काठमाडौँ, ६ पुस । त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् ।

बुधवार दिउँसो देउवा र प्रचण्डले उपचाररत नेपाललाई भेटेका हुन् । उनीहरूले नेपालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई रुघा खोकी, ज्वरो र छातीमा सङ्क्रमण देखिएपछि मङ्गलवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्