Logo

शेयर बजार आज पनि उच्च अङ्कले बढ्यो



काठमाडौँ, १२ पुस । नयाँ सरकार गठन भएसँगै बढ्न थालेको शेयर बजार आज दोस्रो दिन पनि उच्च अङ्कले बढेको छ ।

नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन सोमवार ५६ दशमलव ८८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से मङ्गलवार ५९ दशमलव ८७ अङ्कले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज बीमा, होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ ।

त्यस्तै बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ६१ वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी बैंकको २० करोड नौ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्