Logo

नेपाल टी-२० क्रिकेट लिग: विराटनगरसँग काठमाडौँ पराजित



काठमाडौँ, २३, पुस । नेपाल टी-२० क्रिकेट लिगमा आज भएको पहिलो खेलमा विराटनगर सुपर किङ्ग्सले काठमाडौँ नाइट्सलाई ७ विकेटले हराएको छ ।

जितका लागि १ सय ५५ रनको लक्ष्य पाएको विराटनगरले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका कप्तान रोहित पौडेलले अर्धशतक ६६ रन तथा गौरान्शु शर्माले अविजित ५१ रन बनाए । काठमाडौँका अविनाश बोहोराले २ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

काठमाडौँका सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन तथा सन्दीप रजालीले ३० रन बनाए । विराटनगरका राज नाननले ४ विकेट लिए । नन्दन यादव र रोहित पौडेलले एक/एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्