Logo

राहदानी वितरण सुरु



काठमाडौँ, २४ पुस । गएको एक हप्तादेखि राहदानी विभागको सर्भरको समस्या आउँदा रोकिएको राहदानी वितरण सेवा सुरु भएको छ ।

गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै राहदानी वितरण सेवा पनि सुरु भएको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् ।

सापकोटा भन्छिन्, ‘खुसीको कुरा के भने अहिले हाम्रो सर्भरको समस्या समाधान भइसकेर शनिवारदेखि ‘स्मुथ’ चलिराखेको छ, आज पनि हामीले कुनै समस्या ‘फेस गरेनौ’ राहदानी वितरण पनि अब सुरु भयो ।’ विभागमा आएर सेवाग्रहीले बनिसकेको राहदानी लिइरहेका पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्