Logo

जनकपुरलाई हराउँदै लुम्बिनी नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा



काठमाडौँ, २४ पुस । लुम्बिनी अल स्टार्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा पुगेको छ ।

आइतवार भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई छ रनले हराउँदै लुम्बिनी उपाधि नजिकै पुगेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रनमात्रै बनाउन सक्यो । जनकपुरका लागि समिउल्लाह शिनवारीले ४५ र पवन सर्राफले नटआउट ३० रन बनाए । बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई-दुई विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । जनकपुरका जितेन्द्र मुखिया, सोमपाल कामी र अशान प्रियञ्जनले दुई-दुई विकेट लिएका थिए ।

आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने कायमै छ ।

प्रतिक्रिया दिनुहोस्