Logo

सुन चाँदीको भाउ घट्यो



काठमाडौँ, २६ पुस । सुन चाँदीको भाउ आज केही घटेको छ ।

सुनको भाउ आज तोलामा ४ सय र चाँदीको २५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँ तोकेको छ । सोमबार १ लाख ३ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी आज तोलामा १ हजार ३ सय ६५ रुपैयाँ छ । हिजो तोलाको १ हजार ३ सय ९० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्