Logo

श्रीमान् श्रीमती मृत फेला



चितवन, २६ पुस । भरतपुर महानगरपालिका–२९ मा आज बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका छन् । उनकी श्रीमती २१ वर्षीया शान्ति भनिने बुद्धिमाया राना मगर घरबाहिर आँगनमा रहेको अँगेनाको छेउमा मृतावस्थामा भेटिएको अधिकारीले जानकारी दिए । मृतक बुद्धिमायाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्