Logo

जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा



काठमाडौँ, २६ पुस । विराटनगर सुपर किङ्ग्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा पुगेको छ ।

आज भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर उपाधि नजिकै पुगेको हो ।

विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर एक बलमा एक सय २८ रन बनाउँदा अलआउट भयो । जनकपुरका लागि विदेशी खेलाडी चाडविक वाल्टनले ५१ र ट्रेभन ग्रिफ्तले ३४ रन बनाए । विराटनगरका किओन जोसेफले तीन तथा नन्दन यादव र राज नन्नानले दुई-दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरका लागि गौरांशु शर्माले सर्वाधिक ४२, अर्जुन साउदले ३५, राज नन्नदले ३३ र होसाइन तलातले ३१ रन बनाए । जनकपुरका जितेन्द्र मुखियाले दुई विकेट लिएका थिए ।

जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । विराटनगरले अब उपाधिका लागि लुम्बिनी अल स्टार्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्