Logo

बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु



नवलपरासी (पूर्व), २६ पुस । गैंडाकोट नगरपालिका-१२ सुन्दरी चोक मठकुरी सालघारीस्थित सडकमा बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

सुर्योदय बोर्डिङ स्कुलको ग.१ क २७५७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने राजु चुनी मगरको तीन वर्षीया छोरी साइरा चुनी मगरको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्