Logo

नेपाल टि-२० क्रिकेट लिग: उपाधिका लागि विराटनगर र लुम्बिनी खेल्दै



काठमाडौँ, २७ पुस । नेपाल टि-२० क्रिकेट लिगको उपाधिका लागि आज विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार खेल्दै छन् ।

खेल कीर्तिपुर मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । विराटनगर मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै उपाधि नजिकै पुगेको हो ।

त्यस्तै लुम्बिनी पनि पहिलो क्वालिफायरमा जनकपुरलाई ६ रनले हराउँदै फाइनलमा पुगेको हो । यो लिगको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ । यस्तै उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौंथो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्