Logo

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



झापा, २७ पुस । झापाको मेचीनगरमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१ निवासी ३३ वर्षीय सुसाहाङ नेम्वाङ रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार साँझ साढे ७ बजेतिर पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर-७ स्थित निन्दा पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प ७०९२ नम्बरको मोटरसाइकललाई सोही दिसातर्फ जाँदै गरेको मे ५ प १९४३ नम्बरको मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा आफै अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो ।

पुलमा ठोक्किएको मोटरसाइकललाई पछाडिबाट आएको मे २ प ७०९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही मोटरसाइकलका चालक नेम्वाङ गम्भीर घाइते भएका थिए ।

टाउकोमा चोट लागेका नेम्वाङलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेको डीएसपी पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्