Logo

नवलपरासीमा ट्रक र भ्यान ठाेक्किँदा एक जनाकाे मृत्यु



नवलपरासी, २९ पुस । नवलपरासी (बर्दघाट सुस्तपश्चिम) को सुनवलमा आज बिहान ट्रक र भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका-४ मा रहेको अल्कत्रेडाँडामा ना ४ च ९६३१ नम्बरको भ्यान र ना ५ ख ९७१५ नम्बरको कोइला बोकेको ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका भ्यान चालक चितवन भरतपुर महानगरपालिका-१४ का ५२ वर्षीय राजकुमार विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भरतपुर महानगरपालिका-२३ का २५ वर्षीय शिव श्रेष्ठको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्