Logo

शेयर बजार सामान्य बढ्यो



काठमाडौँ, ५ माघ । बुधवार घटेको शेयर बजार आज सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ७१ अङ्कले बढेर दुई हजार एक सय ७८ दशमलव ८१ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, बैंक, निर्जीवन बीमा र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर सामान्य घटेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने घटेको छ ।

हिजो झन्डै पाँच अर्ब रुपैयाँको कारोबार भएकोमा आज दुई सय ४६ वटा कम्पनीका ८२ लाख ४७ हजार कित्ता शेयर तीन अर्ब चार करोड ४५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्