Logo

शेयर बजार आठ अङ्कले बढ्यो



काठमाडौँ, १० माघ । सोमबार घटेको शेयर बजार आज बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव १५ अङ्कले बढेर दुई हजार एक सय ७३ दशमलव २५ विन्दुमा पुगेको छ ।

आज माइक्रो फाइनान्स, बैंक र म्युचुअल फण्डबाहेक अरु सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय ४८ वटा कम्पनीका ८३ लाख कित्ता शेयर तीन अर्ब ३२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ९१ लाख र शिवश्री हाइड्रोको १० करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्