Logo

बाध्यकारी श्रमलाई शून्यमा पुर्‍याउन पहल गर्छु: श्रममन्त्री



काठमाडौँ, १५ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी श्रमलाई शून्यमा पुर्‍याउन पहल गर्ने गरी काम गर्ने बताएका छन् ।

आइतबार मन्त्रालयमा बाध्यकारी श्रम सम्बन्धी प्रोटोकल पी २९० मा भएको २०१४ को अनुमोदन र बाध्यकारी श्रम उन्मुलनका लागि एकीकृत कानुनको आवश्यकता सम्बन्धी सङ्घीय सांसद र सरोकारवालाहरूसँगको छलफलमा उनले बाध्यकारी श्रमलाई शून्यमा पुर्‍याउने गरी काम गर्ने बताएका हुन् ।

अहिले बाध्यकारी श्रम निषेध र पुनर्स्थापना गर्नका लागि बनाउन लागिएको विधेयकलाई परिपक्व र प्रभावकारी ढङ्गले अगाडी बढाउन सबै सरोकारवाला निकायलाई आग्रहसमेत गरेका छन् ।

ऐन कानुन, लामो समयसम्म काम गर्ने गरी बनाउनु पर्ने भन्दै उ नले भने ‘एक पटक बनाएको नीति नियम र ऐनले लामो समयसम्म काम गर्नु पर्दछ, ता कि त्यो मन्त्री र सरकारी कर्मचारी फेरिने बित्तिकै फेर्न पर्ने नहोस्, हामीले गर्ने काममा फल्ट नहोस् परिपक्व होस्, त्यसको लागि पीडित पक्ष, सरोकारवाला निकायहरूसँग मसिनो गरी छलफल गर्न म तयार छु ।’

प्रतिक्रिया दिनुहोस्