Logo

बाल सुबोधिनीको ५५ औं बार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइयो



मेचीनगर, १५ माघ । बाल सुबोधिनी माध्यमिक विद्यालयले ५५ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर १४ मा रहेको विद्यालयले आज विभिन्न साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुनिलाल राजवंशीको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा झापा क्षेत्र नम्बर १ का संघिय सांसद विश्वप्रकाश शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

उक्त कार्यक्रममा विशिष्ठ आतिथ्यको रुपमा प्रदेश सांसद सविना वजँगाई, मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल र मेचीनगर-१४ का वडा अध्यक्ष बाबुलाल सुब्बा रहेका थिए ।

विद्यालयल व्यवस्थापन समितिका सदस्य लोकेश्वर चौधरीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक पदमप्रसाद मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्