Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौँ, १६ माघ । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।

यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भएपनि रवि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्