Logo

सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता दिइनेछ: प्रधानमन्त्री



काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिइ संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताएका छन् ।

मङ्गलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिइ संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताएका हुन् ।

उनले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्