Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी



काठमाडौँ, १७ माघ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक जारी रहेको हो ।

बैठकमा भोलि बस्ने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने बताइएको छ । साथै फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचन र गृहमन्त्रालयका विषयमा पछि छलफल हुने बताइएको छ ।

माओवादीभित्र साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने र गृहमन्त्रालयको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिन नहुने आवाजहरु उठिरेहका छन् ।

प्रतिक्रिया दिनुहोस्