Logo

लामिछाने गृहमन्त्रीमा पुनः नियुक्त नभए सरकार छाड्ने तयारीमा



काठमाडौँ, १९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने स्थिति बनेको बताएका छन् ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहिवार बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताएका छन् ।

सर्वोच्च अदालतको फैसलाले लामिछानको पार्टी सभापति, सांसद र गृहमन्त्रीको पद खारेज भएकोे थियो । उनले पुनः नेपाली नागरिकता लिएका छन् । र, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि भएका छन् ।

उनले गैरसांसद भए पनि ६ महिनाका लागि गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसँग माग गरेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले अदालतको फैसलाको पूर्णपाठ नआएको र राहदानी सम्बन्धी मुद्दा अदालतमा विचराधीन रहेकाले मन्त्री बनाउन नसक्ने बताए पछि रास्वपा सरकारबाट बाहिरिने तयारी गरेको हो ।

रास्वपाले गृहमन्त्रीमा पार्टी सभापति लामिछानेलाई पुनः नियुक्त नगरे सरकार छाड्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक निर्णय लिन रास्वपाको केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्