Logo

तत्काल सत्ता समीकरण फेरबदल हुँदैन: प्रधानमन्त्री



काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताएका छन् ।

बिहीवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘राजनीतिक समीकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन ।’

उनले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्