Logo

एमाले सम्मिलित वर्तमान सरकारमा सहभागी हुँदैनौँ: खड्का



काठमाडौँ, २० माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमाले सम्मिलित वर्तमान सरकारमा आफूहरू सहभागी नहुने बताएका छन् ।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस गृहराज्यमन्त्री मात्रै पाए पनि सरकारमा आउने भन्दै दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन् । उनले यस्ता भ्रमबाट मुक्त हुन आग्रहसमेत गरेका छन् ।

खड्काले भनेका छन्, ‘नबोलुँ भनेको फेरि बोल्नैपर्ने भयो । एमाले सम्मिलित वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी हुने भन्ने कुरा संचारमाध्यममा जहाँ जसरी सम्प्रेषण भएको भए पनि यो सम्भव छैन । कांग्रेस सहभागी हुँदैन । सबै ढुक्क हुनुस्, यस्ता सबै खाले भ्रमबाट हामी सबै सम्बन्धितहरु मुक्त हुन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्