Logo

सही निर्णय दिन नसक्दा कांग्रेस प्रतिपक्षमा बस्न बाध्य: केसी



काठमाडौँ, २० माघ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता केसीले पार्टी नेतृत्वले सही निर्णय दिन नसक्दा कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताए ।

नेता केसीले कांग्रेसलाई अहिले सरकारमा जान कुनै हतार नभएको पनि बताए । उनले मुलुकमा देखिएका विभिन्न समस्या समाधानका लागि राष्ट्रिय सहमति खोज्नुपर्नेमा कांग्रेसको जोड रहेको धारणा राखेका थिए ।

सभामुख, प्रधानमन्त्री विभिन्न पार्टीको भइसकेको अवस्थामा राष्ट्रपति कांग्रेसले पाउँदा बृहत शक्ति सन्तुलन हुने उनको भनाइ छ । उनले गृह मन्त्रालयका विषयमा शक्ति र सत्तामा झगडा सुरु भइरहेको जिकिर गरेका छन् ।

केसीले गठबन्धनभित्र स्वतन्त्र पार्टीलाई नै गृहमन्त्रालय दिने सहमति भएको हो भने रास्वपाका अन्य सांसदहरूलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिए । ठूला ठूला आदर्शका कुरा गरेर आएकाहरूले सत्ताका लागि झगडा गर्न नसुहाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्