Logo

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटारमा एमाले अध्यक्ष ओली



काठमाडौँ, २१ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा लफडा बढिरहेको बेला अध्यक्ष ओली प्रधानमन्त्रीलाई भेट्न शनिबार बिहान प्रधानमन्त्री निवास पुगेका हुन् ।

अवैध नागरिकताका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृहमन्त्रीको पद गुमाएका थिए । तर नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने सोही पदमा पुनः फर्कने कसरतमा छन् । प्रधानमन्त्री प्रचण्ड भने लामिछानेमाथि पासपोर्ट दुरुपयोगको उजुरी अनुसन्धानको क्रममा रहेको तथा उनको नागरिकताबारे अदालतको फैसलाको पूर्ण पाठ नआको कारण गृह मन्त्रालय आफूसँग नै राख्ने पक्षमा छन् ।

यसबाट रुष्ट बनेको रास्वपाले गृहमन्त्रीबारे निर्णय गर्न प्रधानमन्त्रीलाई दुई दिनको अल्टिमेटम दिएको छ । पार्टीले सत्तारुढ दलको बैठकसमेत बोलाउन माग गरेको छ । एमाले अध्यक्ष ओली भने रविलाई नै सो पदमा फर्काउने पक्षमा छन् । यसअघि शुक्रबार एमाले अध्यक्ष ओलीसँग रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका थिए । बालकोटमा उनीहरुले ओलीसँग करिब दुई घन्टा बढी छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्