Logo

सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण: मुख्यमन्त्री कार्की



झापा, २१ माघ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएका छन्

बिर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना रहेको बताए ।

“अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौँ”, उनले भने, “सहमति जुटेन भने बहुमतबाट भए पनि नामकरण हुन्छ ।” हाल प्रदेश नं १ बाहेकका प्रदेशको नामाकरण भइसकेको छ ।

यसअघि प्रदेश नं १ को नामकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको दाबी गर्दै नेकपा (एमाले) स्थायी कमिटीका सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, “हाम्रा कारणले नामकरण रोकिएको होइन ।”

प्रतिक्रिया दिनुहोस्