Logo

शेयर बजार आज उच्च अङ्कले बढ्यो



काठमाडौँ, २४ माघ । शेयर बजार आज उच्च अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ७६ दशमलव ६४ अङ्कले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा आज माइक्रोफाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ ।

दुई सय ६० वटा कम्पनीका ९३ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंक बैंकको १२ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्